मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट « Khabarhub

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font


मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१-८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्यौट भएको हो ।

 मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्यौट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्यौट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए । 

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ । मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्योट भएका छन् । गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

यसैगरी गतवर्ष दर्ता भएका आठ थान फौजदारी मुद्दामध्ये चार थान मुद्दा चालुवर्ष फर्छ्योट भएको र बाँकी चार थान मुद्दा फर्छ्योट हुन नसकी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ । मुस्ताङ जिल्ला अदालतमा चालु आवमा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका छन् । जसमध्ये १३ थान देवानी मुद्दा फर्छ्योट भएको छ । दुई थान मुद्दा फर्छ्योट हुन बाँकी छ ।

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढीसम्बन्ध विच्छेदका १३ थान मुद्दा रहेकामा शतप्रतिशत मिलापत्रमार्फत फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए । मुस्ताङ अदालतबाट कूल १५ थान देवानी मुद्दामध्ये  नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फर्छ्योट हुन बाँकी छ । 

अदालतका श्रेस्तेदार घिमिरेका अनुसार देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको छ । चालु आवमा आठ थान फौजदारी मुद्दामध्ये तीन थान फौजदारी मुद्दा अदालतबाट फर्छ्योट भइसकेको श्रेस्तेदार घिमिरेले उल्लेख गरे । 

चालु आवको हालसम्म सवार ज्यान मुद्दा दुई थान र चोरी कसूर एक थान गरी तीन थान मुद्दा फर्छ्योट भएको श्रेस्तेदार घिमिरेले बताए। उनका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरूत्साहन एक, सवारी ज्यान दुई ,चोरी एक र जबर्जस्ती करणी एक गरी पाँच थान मुद्दा फछर्यौट हुन बाँकी रहेको छ । 

फौजदारीतर्फ एक जना पूर्पक्ष थुनुवा, एक जना धरौटी बुझाउन नसकी थुनुवा र दुई जना तारिखमा रिहा भएका छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ०० बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)