शंकर पोखरेलको आरोप- राजा र भारतीयको संरक्षणमा माओवादीले सशस्त्र संघर्ष चलायो « Khabarhub

शंकर पोखरेलको आरोप- राजा र भारतीयको संरक्षणमा माओवादीले सशस्त्र संघर्ष चलायो


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा नेपालमा सशस्त्र द्वन्द्व (‘जनयुद्ध’) चलाएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको स्वयम्सेवक भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

माओवादीका नेताले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौँ भने पनि उनीहरूको वास्तविकता केही समययताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको पोखरेलले बताए ।

‘उनीहरूलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने को थिए भन्ने कुरा उनीहरूलाई सशस्त्र द्वन्द्वको समयमा जस-जसले सहयोग दिए, उनीहरूले नै बाहिर ल्याइरहेका छन्’, पोखरेलले भने ।

नेपाली समाजमा हिंसात्मक कार्यलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने काम एमालेले नै गरेको पोखरेलले दाबी गरे ।

‘झण्डै पाँच सय कार्यकर्ता गुमाउँदा पनि हामीले विचलित नभई हिंसालाई शान्तिमा परिणत गर्ने कुराको अगुवाइ गर्‍यौँ’, उनले भने, ‘१२ बुँदे सहमतिका माध्यमबाट माओवादीलाई शान्ति प्रक्रियामा सामेल गर्‍यौँ ।’

एकै समयमा शान्तिपूर्ण आन्दोलन र हिंसात्मक आन्दोलन सफल नहुने पोखरेलले बताए । माओवादी हिंसात्मक आन्दोलन छाड्न तयार भएपछि मात्रै २०६२/०६३ को जनआन्दोलन सफल भएको उनको भनाइ छ । त्यसको अगुवाइ एमालेले गरेको उनले दाबी गरे।

शान्ति प्रक्रियापछि माओवादीको अराजकता नियन्त्रणका लागि एमालेको राष्ट्रिय युवा संघ नेपाल र युथफोर्सले काम गरेको पोखरेलले सुनाए ।

एक समय माओवादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेका बताउँदै उनले अहिले राजावादीहरू त्यही बाटो हिँडेका पोखरेलले जिकिर गरे ।

माओवादीलाई जस्तै राजावादीलाई पनि वैधानिक बाटोमा आउन बाध्य पार्नुपर्ने बताउँदै उनले त्यसका लागि फेरी एक पटक युवाहरू जुर्मुराएर उठ्नु पर्ने उल्लेख गरे ।

कतिपयले नेपालको अवस्था पञ्चायतको बेलमा अति राम्रो थियो भन्ने भ्रम फिँजाउने प्रयास गरिरहेका उनले बताए । यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न उनले आग्रह गरे‍।

राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको पोखरेलले उदाहरण उनले देखाए ।

पोखरेलले देश कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताए । एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको पोखरेलले प्रष्ट्याए । देशमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पनि पराजित गर्न आवश्यक रहेको बताउँदै अब त्यस दिशामा अघि बढ्नु पर्ने उनको तर्क थियो ।

पोखरेलले राजावादीले मोटरसाइकलमा आफ्नो शक्ति प्रदर्शन गरेका बताउँदै मोटरसाइकल र्‍याली कस्तो हुन्छ भन्ने हेर्न मन भए एमालले चैत १८ गते काठमाडौं आयोजना गर्ने र्‍याली हेर्न पनि राजावादीलाई भनेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ५१ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो