इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल « Khabarhub

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । 

इजीएसएले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ‘एक्युमार’ उपग्रह प्रविधिमा विशेषज्ञता हासिल गर्ने इजिप्टियन कम्पनी हो ।

विज्ञप्ति अनुसार, सोमबार हस्ताक्षर गरिएको प्रोटोकलले इजिप्टमा उपग्रह र तिनका कम्पोनेन्टको उत्पादनमा सहयोग अभिवृद्धि गर्नुका साथै उपग्रहहरूको वातावरणीय, मेकानिकल र विद्युतीय परीक्षणका लागि इजीएसएको उन्नत पूर्वाधारको प्रयोग गर्ने लक्ष्य राखेको छ ।

इजीएसएका प्रमुख कार्यकारी अधिकृत शेरिफ सेड्की र एक्युमारका प्रमुख कार्यकारी अधिकृत अहमद नसारले प्रोटोकलको हस्ताक्षर समारोहमा भाग लिए । यसलाई इजीएसएले ‘अन्तरिक्ष क्षेत्रमा इजिप्टका अनुसन्धान संस्था र प्रविधि कम्पनीहरू बीच एकीकरणको नयाँ मोडेल’ भनेको छ ।

प्रोटोकलमा उपग्रह सञ्चालनमा सहयोग, वैज्ञानिक तथा प्राविधिक विशेषज्ञताको आदानप्रदान र स्याटेलाइट सञ्चारका लागि फ्रिक्वेन्सीहरू पनि समावेश छ ।

यो साझेदारीले इन्टरनेट अफ थिङ्ग्स सेवा, दूरसञ्चार र पृथ्वी इमेजिङका लागि उपग्रह विकास महत्वाकांक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : २८ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित