बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा एक महिलाको मृत्यु « Khabarhub

बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा एक महिलाको मृत्यु


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मुसीकोट नगरपालिका-७ पल्टार बस्ने ६० वर्षीया चन्द्रकला कुमाल रहेकी छिन्। उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित आफ्नै बारीमा बाँदर भगाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ३९ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ