वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त | Khabarhub Khabarhub

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन्।

बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका संघीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल, साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए।

भेट्मा उनले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेको मन्त्री शाहीको सचिवालयले जनाएको छ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए। विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ०१ बजे

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ मा सहभागी

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए

श्रीनगर- जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना

पियोर इनर्जीको आईपीओ बाँडफाँड 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक