चीनमा बढ्दै गएको उइगुर संकटले निम्त्याएको शरणार्थी समस्या र विश्वव्यापी प्रतिक्रिया « Khabarhub

चीनमा बढ्दै गएको उइगुर संकटले निम्त्याएको शरणार्थी समस्या र विश्वव्यापी प्रतिक्रिया


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको सिन्जियाङ प्रान्तमा उइगुर मुस्लिम समुदायमाथि भइरहेको दमनले विश्वको ध्यानाकर्षण गरेको छ ।

यो मुद्दाले मानवाधिकार उल्लङ्घन र शरणार्थी संकटलाई विश्वव्यापी रूपमा उजागर गरेको छ भने यसलाई नजिकबाट हेरिरहेका अन्तर्राष्ट्रिय समुदायबीच देखिएको विभाजनलाई पनि प्रष्ट पारेको छ ।

द प्रिन्ट, एएनआई न्यूज, च्यानल न्यूज एशिया र हिन्दुस्तान टाइम्स जस्ता सञ्चारमाध्यमहरूले यो संकटबारे पटक(पटक समाचार सामग्रीहरू प्रकाशनरप्रसारण गरिरहेका छन् ।ती सञ्चारमाध्यममा गरिएका रिपोर्टिङहरूमा सिन्जियाङमा उइगुर समुदायमाथि व्यवस्थित दमन भइरहेको आरोप लगाइएका छन् ।

सामूहिक नजरबन्द, जबरजस्ती श्रम र सांस्कृतिक पहिचान मेटाउने चीनको नीतिले उनीहरूलाई आफ्नो देश छोड्न बाध्य बनाएको छ ।पछिल्लो समय अमेरिकीहरूले उइगुर समुदायको मानवाधिकार रक्षाका लागि ल्याइएको विधेयकलाई समर्थन गरेका छन् । अमेरिकाको यस्तो पहलले चीनबाट भागेर अन्य देशमा शरण लिन पुगेका उइगुर शरणार्थीलाई सहयोग गर्न र उनीहरूको आधारभूत अधिकार सुनिश्चित गर्ने प्रयास गरेको छ ।

यो प्रयासले उइगुर संकटलाई विश्वव्यापी मञ्चमा पुर्‍याएको छ र बिस्तारै अन्य देशहरूले पनि यसलाई गम्भीरतापूर्वक लिन बाध्य भएका छन् ।त्यस्तै, अमेरिकाले जसले उइगुरलाई द्रुत शरण प्रक्रियामार्फत संरक्षण दिने उद्देश्य राखेको छ । यो नीतिले उनीहरूलाई सुरक्षित स्थानमा लैजान र दमनबाट बचाउन सक्छ ।

यी दुवै प्रयासले अमेरिकाले उइगुर संकटलाई मानवीय दृष्टिकोणबाट हेरेको देखाउँछ । तर, यस्ता कदमले चीनसँगको सम्बन्धमा तनाव बढाउन सक्ने सम्भावना पनि छ, किनकि चीनले यस्ता पहललाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठान्छ । यी नीतिहरूले उइगुरलाई तत्काल राहत दिन सक्ने भए पनि दीर्घकालीन प्रभाव भने स्पष्ट छैन ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : ११ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको