आज २०८२ साल वैशाख १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १३ गते शनिबारको राशिफल


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। अरुलाई काम लगाएर फाइदा लिनुपर्ने छ। सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : आजको दिन तपाईंका लागि धेरै नै राम्रो छ। निजी धनको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानी बढ्नेछ। लामो समयको मिहिनेतपछि विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सनमान्य छ। आम्दानी भए पनि सदुपयोग नहुँदा मिहिनेतको फल प्राप्त नहुनसक्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। विदेशमा लगानी गरेको भए सचेत बन्नुपर्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको कामप्रति सबै खुशी हुनेछन्। परिवारसँग सल्लाह गरेको कामबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

सिंह : दिन सामान्य राम्रो छ। बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन सामान्य छ। धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। लगानी भए शिक्षामा फाइदा हुने योग छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : तपाईंका लागि आजको दिन सामान्य छ। नयाँ नयाँ सम्भावनाका ढोका खुल्नेछ। तपाईंले बनाएका योजना अधुरा बन्नेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ।

मीन : दिन राम्रो छ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। व्यापारमा नाफा आर्जन हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ०५ बजे

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ