आजको मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली « Khabarhub

आजको मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ३५ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।