आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास « Khabarhub

आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा ५० प्रतिशतले वृद्धि भएको यो ठुलो सफलता हुने पनि बताएका हुन्। टाइममा प्रकाशित उनको अन्तरवार्तामा सो कुरा उल्लेख गरिएका छ।

ट्रम्पले अहिले इतिहासकै सबै भन्दा ठुलो आयात करको घोषणा गरेका छन्। सोही घोषणा अनुसार अमेरिका छिर्ने हरेक सामानमा १० प्रतिशत कर बढी लाग्ने छ। मेक्सिकोबाट आउने स्टिल, एल्मनियम र अटोमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाइएको छ।

सबै हिसाब गर्ने हो भने अमेरिकाको करको मात्रा २२ दशमलव ८ प्रतिशत कर छ। यसको परिणाम अहिले अमेरिकाको अन्य देशसँगको व्यापार खस्कँदो छ। चीनसँगको व्यापार त शून्य उन्मुख देखिएको छ। धेरै व्यापारी भने लगानीका लागि डराइरहेका छन्।

अहिले व्यापार ओरालो लागे पनि केही समय पछि यसले अझ धेरै माथि उठाउने दाबी ट्रम्पले गरेका छन्। उनले अमेरिका अझ समृद्ध हुने बताएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ४४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको