शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता « Khabarhub

शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २५ दिनदेखि प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा वार्ता सुरु भएको हो। शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्ता भइरहेको छ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी छन्।

शिक्षामन्त्री पन्तको सचिवालयका अनुसार अहिले शिक्षकका माग सम्बोधनका लागि मन्त्रीकै सहभागितामा छलफल जारी छ। शुक्रबारको वार्ता बिथोलिएपछि मन्त्रालयले शनिबार बिहानका लागि वार्ता गर्न शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई आह्वान गरेको थियो। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको