सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने « Khabarhub

सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ।

काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

‘छलफल भयो। फेरिफेरि छलफल गर्ने गरी अहिलेको छलफल सकिएको छ। फेरि कहिले छलफल गर्ने भन्ने समय तोकिएको छैन’, वार्तापछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले भने।

शिक्षा मन्त्रालयमा विभागीय मन्त्री पन्तको उपस्थितिमा शिक्षा सचिव दीपक काफ्ले, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

वार्तामा सहभागी शिक्षामन्त्री रघुजी पन्तलगायत ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ५४ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।