बुद्धनगरस्थित बागमती, रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन « Khabarhub

बुद्धनगरस्थित बागमती, रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्रमती दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइ महाअभियानको ६२४औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

वडाध्यक्ष रामकुमार केसीको नेतृत्वमा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा बागमती प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री एवं प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका-११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा न १० का सदस्य सतिस तण्डुकारलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सक्रियता थियो । 

आगामी शनिबार ६२५औँ हप्ताको सफाइ बागमती रुद्रमती दोभान वडा न ११ स्थित शिव मन्दिरबाट बागमती नदी किनारसम्म गरिने जनाइएको छ । त्यस क्षेत्रको सफाइ पनि वडा नं. ११ का अध्यक्षको नेतृत्वमा गरिने महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा नदी सफाइ गरिँदै आएको छ । सफाइमा अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : २८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर