‘अंगुरको झुप्पो’ : आशिफ र गरिमाको अभिनय, छैनन् लिड हिरो सौगात « Khabarhub

‘अंगुरको झुप्पो’ : आशिफ र गरिमाको अभिनय, छैनन् लिड हिरो सौगात


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ गीत सार्वजनिक भएको छ । 

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको स्वरमा ‘अंगुरको झुप्पो’ शीर्षकको गीत शुक्रबार सार्वजनिक भएको हो । यस गीतमा शब्द गायक काफ्लेकै रहेको छ । 

यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । फिल्मका केन्द्रीय कलाकार भने यस गीतमा सहभागी छैनन् । 

यस गीतले फिल्ममा आशिफ र गरिमा प्रेमी–प्रेमिकाको भूमिकामा रहेको संकेत गर्छ । गीतको भिडियोमा गरिमा प्रेमीले प्रेम गर्ने शैलीबाट असन्तुष्ट देखिन्छन् । सोहीकारण रिसाएकी प्रेमीकालाई आशिफले फकाउन प्रयत्न गरेको देखिन्छ । 

‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार हुन् ।  प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको यस फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : १४ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा