इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते « Khabarhub

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा विशाल विस्फोटन भएको छ । दक्षिण इरानको बन्दरगाह शहर बन्दर अब्बासमा शनिबार विशाल विस्फोटन भएको हो ।

सरकार सञ्चालित इर्ना समाचार संस्थाले जनाएअनुसार विस्फोटनमा परी २ सय ८१ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन संस्थाका प्रवक्ता मोज्तबा खालेदीलाई उद्धृत गर्दै इर्नाले उक्त हताहतीको संख्याबारे जानकारी दिएको हो ।

बन्दर अब्बासनजिकैको राजाए क्षेत्रमा विस्फोटन भएको समाचार संस्था एपीले जनाएको छ । बन्दर अब्बासलाई इरानको मुख्य व्यापारिक बन्दरगाह मानिन्छ । यस बन्दरगाह भएर हरेक वर्ष ८ करोड टन बराबरको सामानको आवतजावत हुन्छ ।

अधिकारीहरुले विस्फोटनको कारणबारे केही जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ०५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता