इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते « Khabarhub

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा विशाल विस्फोटन भएको छ । दक्षिण इरानको बन्दरगाह शहर बन्दर अब्बासमा शनिबार विशाल विस्फोटन भएको हो ।

सरकार सञ्चालित इर्ना समाचार संस्थाले जनाएअनुसार विस्फोटनमा परी २ सय ८१ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन संस्थाका प्रवक्ता मोज्तबा खालेदीलाई उद्धृत गर्दै इर्नाले उक्त हताहतीको संख्याबारे जानकारी दिएको हो ।

बन्दर अब्बासनजिकैको राजाए क्षेत्रमा विस्फोटन भएको समाचार संस्था एपीले जनाएको छ । बन्दर अब्बासलाई इरानको मुख्य व्यापारिक बन्दरगाह मानिन्छ । यस बन्दरगाह भएर हरेक वर्ष ८ करोड टन बराबरको सामानको आवतजावत हुन्छ ।

अधिकारीहरुले विस्फोटनको कारणबारे केही जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ०५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक