सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद « Khabarhub

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन् । 

कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि साउदले यस्तो बताएका हुन्। 

‘हामी दुई प्रमुख राजनीतिक पार्टीहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउँछौँ भन्ने छुट हामीसँग छैन,’ केन्द्रीय सदस्य साउदले भने । उनले शिक्षक, चिकित्सकहरूको जारी आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

अहिले चलिरहेका विभिन्न खालका आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता, समृद्धि र व्यवस्था दुश्चक्रमा पर्न सक्ने जोखिम देखिएको उनको भनाइ थियो । ‘त्यसकारण यी सबै कुराका बारेमा पार्टीका साथीहरूले सजग, सचेत भएर बोल्नुपर्ने, रहनुपर्ने आवश्यकता देखिएको छ,’ साउदले भने । 

उनले दुई दल मिलेर सरकार बनिसकेपछि मुलुकले स्थिरता पाउने अपेक्षा गरिए पनि पूरा हुन नसकेको पनि बताए ।

 ‘दुई सबैभन्दा ठूला पार्टीको सरकार बनिसकेपछि अस्थिरता समाप्त होला भनेर अपेक्षा गरिएको थियो,’ साउदले भने, ‘सरकार गठन भइसकेपछि पनि अस्थिरताको चक्र रोकिएको छैन ।’ 

पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीका नेताहरू सबैले आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि बताए । आफूले पाएको जिम्मेवारी पूरा गरे आगामी महाधिवेशनले थप र नयाँ जिम्मेवारी पाउन कुनै समस्या नहुने उनको आशय थियो । 

‘हाम्रा सबै साथीहरू आफूले लिएको जिम्मेवारी पूरा गर्ने कुरामा ज्यादा केन्द्रित हौँ । नयाँ जिम्मेवारीका लागि त छँदैछ,’ साउदले भने, ‘पाएको जिम्मेवारी अहिले राम्रोसँग पूरा गर्ने हो भने देशभरी छरिएर बसेका साथीहरूले यो मान्छेको परफरमेन्स राम्रो छ, यो मान्छेलाई थप र नयाँ जिम्मेवारी दिनुपर्छ भनेर भनिहाल्छन् नि । त्यसकारण अहिलेको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने अवस्था मैले देखेको छु ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ११ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा