शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड « Khabarhub

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्‌घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे । 

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए। 

‘हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट-उपगुट र फुट बेहोर्नुपर्‍यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरू मूलभूत रुपमा एकता भइसकेका हुनेछन्’ उनले भने। 

उनले पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरूप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे। 

आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ । उनले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुरसम्म पुर्याउनसमेत उल्लेख गरे । 

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले सहिद, बेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए।

पछिल्लो पटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उनले बताए। त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अब छिट्टै माओवादी धारका राजनीतिक दलबीच एकता हुने बताए। 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : २१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित