पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता « Khabarhub

पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । इटालीको राजधानी रोमस्थित भ्याटिकन सिटीमा दुई नेताबीच भेटवार्ता भएको हो ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन पुगेका दुई नेताबीच भ्याटिकन सिटीको सेन्ट पिटर बसिलिकमा भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । उनीहरुले १५ मिनेट वार्ता गरेका थिए ।

ह्वाइट हाउसले जेलेन्स्की र ट्रम्पबीचको भेटवार्ता ‘निकै रचनात्मक’ भएको जनाएको छ । त्यसैगरी, जेलेन्स्कीले पनि भेटवार्तालाई ‘धेरै प्रतीकात्मक’ र ‘ऐतिहासिक हुने सम्भावना बोकेको’ बताएका छन् ।

यसअघि ट्रम्प र जेलेन्स्की सेन्ट पिटर बसिलिकामा एक्लै कुर्सीमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघि शुक्रबारमात्रै ट्रम्पले रुस र युक्रेनबीचको सम्झौता ‘धेरै नजिक’ रहेको बताएका थिए ।

हाल युक्रेन र रुसबीच युद्ध चलिरहेको छ । ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुनुअघि शुक्रबार अमेरिकाका प्रतिनिधि स्टिभ विट्कोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको थियो ।

यसअघि ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरीको अन्त्यमा ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्ता नाटकीय रुपमा हो–हल्ला र वादविवादमा परिणत भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ३५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको