पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता « Khabarhub

पोपको अन्त्येष्टिमा पुगेका ट्रम्प र जेलेन्स्कीले गरे भेटवार्ता


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । इटालीको राजधानी रोमस्थित भ्याटिकन सिटीमा दुई नेताबीच भेटवार्ता भएको हो ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन पुगेका दुई नेताबीच भ्याटिकन सिटीको सेन्ट पिटर बसिलिकमा भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । उनीहरुले १५ मिनेट वार्ता गरेका थिए ।

ह्वाइट हाउसले जेलेन्स्की र ट्रम्पबीचको भेटवार्ता ‘निकै रचनात्मक’ भएको जनाएको छ । त्यसैगरी, जेलेन्स्कीले पनि भेटवार्तालाई ‘धेरै प्रतीकात्मक’ र ‘ऐतिहासिक हुने सम्भावना बोकेको’ बताएका छन् ।

यसअघि ट्रम्प र जेलेन्स्की सेन्ट पिटर बसिलिकामा एक्लै कुर्सीमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघि शुक्रबारमात्रै ट्रम्पले रुस र युक्रेनबीचको सम्झौता ‘धेरै नजिक’ रहेको बताएका थिए ।

हाल युक्रेन र रुसबीच युद्ध चलिरहेको छ । ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुनुअघि शुक्रबार अमेरिकाका प्रतिनिधि स्टिभ विट्कोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको थियो ।

यसअघि ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरीको अन्त्यमा ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्ता नाटकीय रुपमा हो–हल्ला र वादविवादमा परिणत भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।