फोटो पत्रकारिताले जीवनलाई जीवन्त बनाउँछ : सभामुख घिमिरे « Khabarhub

फोटो पत्रकारिताले जीवनलाई जीवन्त बनाउँछ : सभामुख घिमिरे


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन– सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आज ललितपुरमा आयोजित पाँचौँ फोटो पत्रकारिता अवार्ड वितरण समारोहमा उनले यस्तो बताएका हुन् । 

सभामुख घिमिरेले समाजमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका भए पनि यो पेसा ज्यादै चुनौती रहेको धारणा राखे। 

“फोटो पत्रकारिताको विकासका लागि संस्थागत पहल महत्वपूर्ण छ, भ्रम सिर्जना गर्न सकिने प्रविधिको युगमा फोटो पत्रकारिताले शताब्दीसम्म सत्यतथ्य र समाजको यथार्थतालाई चित्रण गर्न सक्नेछ । फोटो पत्रकारको महत्व र आवश्यकतालाई राज्यले सम्बोधन गर्दै पेसाप्रति प्रेरित गर्न सक्नुपर्छ”, उनले भने।

सभामुख घिमिरेले फोटो पत्रकारको सम्मान र सहयोगका लागि संस्थागत रूपमा अक्षयकोष स्थापना गरी समूहले सम्मान गर्नु सराहनीय काम भएको बताए। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फोटो पत्रकारिताले निष्पक्षता र प्रमाणित कुरा सम्प्रेषण गर्दा नै विश्वसनीय भएको बताए। 

कार्यक्रममा फोटो पत्रकार समूहले सात वटा प्रदेशबाट एक-एक जना, १५ वटा विद्यामा १५, लाइफटाइम अचिभमेन्ट अवार्डबाट एक र मरणोपरान्त एक गरी २४ जनालाई सम्मान गरेको छ । 

सम्मानित व्यक्तित्व छनोटका लागि गठित समितिको निर्णायक मण्डलका सदस्य मनोज दाहालले सीमित स्रोतसाधनका बाबजुद नेपालको फोटो पत्रकारिता उन्नत हुँदै गइरहेको बताउनुभयो । फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाको सदस्यता लिएका फोटो पत्रकारलाई क्यामेरा किन्नका लागि ग्लोबल आइएमईबाट सहुलियत ऋणको व्यवस्था गरिएको जानकारी गराए।

विसं २०५३ असोज ६ गते स्थापना भएको यस संस्थाले फोटो पत्रकारको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रमा लाग्ने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १२ बजे

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर