अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई « Khabarhub

अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकले जितेको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगिता ग्लोबल आइएमी बैंक उपाधिसहित ट्रफी उचालेको हो ।

ग्लोबल आईएमई बैंकले एनआईसी एसिया बैंकलाईसात शूल्य गोल अन्तरले पराजित गरेको हो । यसअघि सेमिफाइनलमा ग्लोबल बैकंले नबिल बैंकलाई र एनआईसी एसियाले प्रभु बैंकलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो। अन्तर बैंक फुटसल प्रतियोगितामा १६ वटा बैंकले सहभागिता जनाएका थिए।

दुई दिनसम्म चलेको प्रतियोगिताले वित्तीय संस्थाको भाइचाराको सम्बन्ध स्थापित गरेको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले बताए ।

नेपाल राष्ट्र बैंकले स्थापनाको अवसरमा बर्सेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : २९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई