पहलगाम घटनाको भर्त्सना गर्दै नेता कोइरालाले भने : यो जघन्य अपराध हो « Khabarhub

पहलगाम घटनाको भर्त्सना गर्दै नेता कोइरालाले भने : यो जघन्य अपराध हो


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका हुन् । उनले आक्रमणमा ज्यान गुमाउनले नेपाली नागरिक सुदीप न्यौपाने लगायतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘२२ अप्रिलमा कश्मीरको पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणप्रति हामी गहिरो भर्त्सना व्यक्त गर्दछौं। यस बर्बर आक्रमणमा पीडित भएकाहरूका परिवारप्रति हामी हार्दिक समवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

आतङ्कवादका सबै रूप र प्रकृतिहरूको, जुनसुकै व्यक्तिले, जहाँसुकै र जुनसुकै उद्देश्यका लागि गरे पनि स्पष्ट रूपमा भर्त्सना गर्दै कुनै हालतमा पनि मान्य नहुने उनले उल्लेख गरेका छन् । आतङ्कवाद शान्ति, सुरक्षा र समृद्धिमा गम्भीर खतरा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ५६ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा