पहलगाम आक्रमणप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त « Khabarhub

पहलगाम आक्रमणप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा ज्यान गुमाएका नेपाली नागरिकसहित सबै दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पूर्वराजाको तर्फबाट जारी गरिएको समवेदना सन्देशमा भारत र भारतीय सरकारप्रति समेत गहिरो सहानुभूति प्रकट गरिएको छ ।

सन्देशमा भनिएको छ, “वसुधैव कुटुम्बकम्” को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको मान्यता अनुसार यस्ता जघन्य अपराधहरूलाई धर्मले कहिल्यै स्वीकार गर्दैन। सम्पूर्ण विश्वसमुदाय र हिन्दू समाजले यस्ता घटनाको कडा भर्त्सना गर्नुपर्ने उल्लेख गरिएको छ।

शाहका सम्वाद सचिव डा. फणिराज पाठकद्वारा जारी गरिएको सन्देशमा यस्ता आतंकारी घटनाले विश्वभरि मानवता र धार्मिक सहिष्णुता माथि चोट पुर्‍याउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ११ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा