हिमाली जिल्लामा पनि औलो देखिन थाल्यो « Khabarhub

हिमाली जिल्लामा पनि औलो देखिन थाल्यो


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कर्णाली – हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ । हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो ।

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुईजनामा औलो सङ्क्रमण देखिएको हो ।

विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन् । हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ ।

निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए । उनले भने, “निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन् । हुम्लामा सङ्क्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ । यसले सबैलाई झस्काएको छ ।”

आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका–४र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन् ।

यस्तै, प्रदेशमा दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिमममा रहेका छन् । हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए ।

यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो सङ्क्रमण सुर्खेतमा देखापरेको छ । सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट सङ्क्रमण देखापरेको छ । जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई/दुई र लेकबेँसी नगरपालिकामा एकजनामा आयातित औलो रोग सङ्क्रमण देखापरेको जनाइएको छ ।

यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक÷एक गरी चारजना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए ।

उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरु हुन् । कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए ।

आचार्यले भने, “स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ४७ बजे

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त

साउने सङ्क्रान्ति आज : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

विश्वकप फाइनल हुने रंगशाला धुवाँमय: वायु प्रदुषणको सतर्कता जारी

काठमाडौँ – क्यानडाको डढेलोका कारण निस्किएको बाक्लो धुवाँले विश्वकप २०२६

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा