हिमाली जिल्लामा पनि औलो देखिन थाल्यो « Khabarhub

हिमाली जिल्लामा पनि औलो देखिन थाल्यो


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कर्णाली – हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ । हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो ।

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुईजनामा औलो सङ्क्रमण देखिएको हो ।

विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन् । हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ ।

निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताए । उनले भने, “निर्देशनालयको चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन् । हुम्लामा सङ्क्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ । यसले सबैलाई झस्काएको छ ।”

आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका–४र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन् ।

यस्तै, प्रदेशमा दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिमममा रहेका छन् । हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताए ।

यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी औलो सङ्क्रमण सुर्खेतमा देखापरेको छ । सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट सङ्क्रमण देखापरेको छ । जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई/दुई र लेकबेँसी नगरपालिकामा एकजनामा आयातित औलो रोग सङ्क्रमण देखापरेको जनाइएको छ ।

यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक÷एक गरी चारजना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताए ।

उनका अनुसार सबै बाहिरबाट आएका बिरामीहरु हुन् । कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उनले जनाए ।

आचार्यले भने, “स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ४७ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई