श्रीमान‍्को मृत्यु भएकाे हप्ता दिन नबित्दै श्रीमतीको पनि मृत्यु « Khabarhub

श्रीमान‍्को मृत्यु भएकाे हप्ता दिन नबित्दै श्रीमतीको पनि मृत्यु


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमान्को निधनको आज छैटौँ दिनमा उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध थिइन् । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ३६ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा