आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी « Khabarhub

आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो ।ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे ।

प्रतियोगितामा पोखरा थन्डर्सका कप्तान आयुष घलान उत्कृष्ट खेलाडी बनेका छन्। सर्वोत्कृष्ट खेलाडी बनेका उनले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै ललितपुर सिटी एफसीका सन्तोष खत्री एनएसएलको उदियमान खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षक पोखरा थन्डर्सका प्रिसो बनो । खत्रीले एक लाख पुरस्कार प्राप्त गर्दा प्रिसोले एक लाख ५० हजार पुरस्कार रकम प्राप्त गरे ।

यता धनगढी एफसीका अहमद हिजाजी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खलाडी बने । उनले पनि एक लाख ५० हजार प्राप्त गरे । त्यस्तै फेयर प्ले अवार्ड झापा एफसीले प्राप्त गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ५७ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा