राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि « Khabarhub

राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै लाहोर क्वालान्डर्सले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ।

कुनै पनि टी-२० प्रतियोगिताको फाइनलमा सबै भन्दा ठुलो रन पछ्याउँदै उपाधि हात पार्नका लागि अन्तिम तीन ओभरमा ४७ रन आवश्यक थियो। २०२ रनको लक्ष्य पाएको लाहोरले एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०३ रन बनाउँदै उपाधि उचालेको हो ।

विजयी टोलीका लागि कुशल परेराले ३१ बलमा ६२ तथा राजाले ७ बलमा २२ रन प्रहार गरे। उनले फहिन अस्राफको अन्तिम २ बलमा १० रन प्रहार गर्दै खेलको अन्त्य गरेका थिए। सबै भन्दा रोमाञ्चक त उनी फाइनल खेलको टस अघि मात्र पाकिस्तानको जमिनमा पाइला टेकेका थिए।

उनले टेन्ट ब्रिजमा जरी इङ्गल्यान्डसँगको टेस्टमा जिम्बाबेका लागि अर्धशतक प्रहार गरेको २४ घण्टा पनि भएको थिएन। त्यहीबाट उनी फाइनलका लागि पाकिस्तान पुगेका हुन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। सो टोलीका लागि हसन नवाजले अविजित रहँदै ४३ बलमा ७६ रन जोडे। फहिन अस्राफले ८ बलमा २८ रन प्रहार गरे।

राजा फाइनल खेलका म्यान अफ द म्याच घोषित भए। यसैगरी नवाज प्लेयर अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ३३ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान