अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार | Khabarhub Khabarhub

अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएकी छन्। उनले व्यापार वार्ताका लागि ९ जुलाइसम्मको समय आवश्यक भएको बताएकी छिन्।

युनियनकी प्रमुख लेयनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रोसँग कुरा भएको भन्दै यो बताएकी हुन्।

राष्ट्रपति ट्रम्पले वार्ता नभए युरोपेली युनियनका हरेक सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएपछि उरुस्लाको यो आवाज आएको हो।

गत महिना ट्रम्पले युरोपेली युनियनमा उत्पादन हुने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए। यसमा पछि हटेर उनले ८ जुलाइसम्मका लागि १० प्रतिशत करको घोषणा गरेका हुन्। केही दिन अघि मात्र उनले फेरि ५० प्रतिशत करको विषयमा कुरा गरेका हुन्।

युरोपेली युनियन अमेरिकाको सबै भन्दा ठुलो व्यापारिक साझेदार हुनुका बाबजुद अहिलेसम्म अमेरिकालाई बेफाइदा हुने गरी सहमति भएको गुनासो ट्रम्पले बारम्बार गरेका थिए। गत वर्ष युरोपेली युनियनले अमेरिकामा ६०० अर्ब अमेरिकी डलर बराबरको सामान पठाएको थियो। यसैगरी अमेरिकाबाट ३७० अर्ब अमेरिकी डलर बराबरको सामान युरोप पुगेको थियो।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : १६ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले