अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार « Khabarhub

अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएकी छन्। उनले व्यापार वार्ताका लागि ९ जुलाइसम्मको समय आवश्यक भएको बताएकी छिन्।

युनियनकी प्रमुख लेयनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रोसँग कुरा भएको भन्दै यो बताएकी हुन्।

राष्ट्रपति ट्रम्पले वार्ता नभए युरोपेली युनियनका हरेक सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएपछि उरुस्लाको यो आवाज आएको हो।

गत महिना ट्रम्पले युरोपेली युनियनमा उत्पादन हुने सामानमा २० प्रतिशत करको घोषणा गरेका थिए। यसमा पछि हटेर उनले ८ जुलाइसम्मका लागि १० प्रतिशत करको घोषणा गरेका हुन्। केही दिन अघि मात्र उनले फेरि ५० प्रतिशत करको विषयमा कुरा गरेका हुन्।

युरोपेली युनियन अमेरिकाको सबै भन्दा ठुलो व्यापारिक साझेदार हुनुका बाबजुद अहिलेसम्म अमेरिकालाई बेफाइदा हुने गरी सहमति भएको गुनासो ट्रम्पले बारम्बार गरेका थिए। गत वर्ष युरोपेली युनियनले अमेरिकामा ६०० अर्ब अमेरिकी डलर बराबरको सामान पठाएको थियो। यसैगरी अमेरिकाबाट ३७० अर्ब अमेरिकी डलर बराबरको सामान युरोप पुगेको थियो।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : १६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी