अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो « Khabarhub

अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनमाथि सबै भन्दा ठुलो हवाई आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका चुप बसेका कारण रुसको मनोबल बढेको र आक्रमणलाई प्रेरित गरेको गुनासो गरेका छन्।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरे यता शनिबार राति सबै भन्दा ठुलो आक्रमण गरेको हो। सो आक्रमणमा तीन बालबालिकाका साथै १२ जनाको ज्यान गएको थियो। राजधानी किभमा सबै भन्दा धेरै मान्छे मरेको एक दिनपछि सो घटना भएको हो।

अन्तर्राष्ट्रिय निकायले दबाब दिनुका बाबजुद रुसले लगातार आक्रमण गरिरहेको छ। अमेरिका गुपचुप रहनुका कारण यस्तो स्थिति आएको जनाइएको छ। जेलेन्सकीले रुसमाथि कडा दबाब नदिए उनीहरूको क्रूरताको अन्त्य नहुने बताएका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

रुसको आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई दुःख लागेको बताए। युक्रेनका लागि अमेरिकी दूत केइथ केलोगले भने सामाजिक सञ्जालमा किभको नक्सा राख्दै १९७७ को जेनेभा शान्ति प्रोटोकलको उल्लङ्घन भएको बताएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ४९ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने