युक्रेनमा रुसी आक्रमणपछि ट्रम्प पुटिनसँग असन्तुष्ट « Khabarhub

युक्रेनमा रुसी आक्रमणपछि ट्रम्प पुटिनसँग असन्तुष्ट


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा ड्रोन आक्रमणलाई जारी राखेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग बेखुश रहेको उनले बताए ।

न्यूजर्सी राज्यको मोरिसटाउन शहरबाट राजधानी वाशिङ्टन डीसी जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई थाहा छैन, उहाँलाई के समस्या छ ? उहाँलाई के भएको छ ? हो ? उहाँले धेरै मान्छेको हत्या गरिरहनुभएको छ । म यसबारे खुशी छैन ।’ उनले भने ।

हालै रुसले युक्रेनी भूमिमा ३ सय ६७ वटा चालकरहित हवाइ उपकरण ड्रोन आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो । रुसी आक्रमणमा १२ जनाको ज्यान गएको छ भने अरु दर्जनौँ घाइते भएका छन् ।

ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । गत सातामात्रै उनले पुटिनसँग दुई घण्टा टेलिफोन वार्ता गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २४ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो