‘प्रधानमन्त्री ओलीले बोलेका सबै कुराको जिम्मा कांग्रेसले लिँदैन’ « Khabarhub

‘प्रधानमन्त्री ओलीले बोलेका सबै कुराको जिम्मा कांग्रेसले लिँदैन’


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिने सबै अभिव्यक्तिको जिम्मेवारी लिन नसक्ने बताएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले यही जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौं कब्जा गर्ने भनेर सोमबार प्रधानमन्त्री ओलीले अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले नलिने बताएका हुन् ।

उनले आफूहरू कुनै पनि कुराको कब्जाको पक्षमा नरहेको उल्लेख गर्दै शान्तिपूर्ण रुपमा संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पाउनुपर्ने पक्षमा रहेको पनि प्रष्टिकरण दिएका छन् ।

महतले भिजिट भिसा प्रकरणको छानबिनको दायरामा गृहमन्त्री रमेश लेखक नरहेकाले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको धारणा राखेका छन् ।

एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतचबार उद्घाटन गर्दै सोमबार ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका थिए । अहिले भ्रष्टाचारी र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भनेका थिए ।

हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरेका थिए । राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले तर्क गरेका थिए ।

एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यही अनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिएका थिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए ।

‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशनपछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्नेबित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसरले थाम्छ ? कसले रोक्छ ? निर्देशनपछि आउँछ, तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्’, उनले भनेका थिए, ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलको कुरा हुँदैन, सबै एकै हो, हामी अगाडि बढौँ ।’

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ५७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले