‘प्रधानमन्त्री ओलीले बोलेका सबै कुराको जिम्मा कांग्रेसले लिँदैन’ « Khabarhub

‘प्रधानमन्त्री ओलीले बोलेका सबै कुराको जिम्मा कांग्रेसले लिँदैन’


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिने सबै अभिव्यक्तिको जिम्मेवारी लिन नसक्ने बताएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले यही जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौं कब्जा गर्ने भनेर सोमबार प्रधानमन्त्री ओलीले अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले नलिने बताएका हुन् ।

उनले आफूहरू कुनै पनि कुराको कब्जाको पक्षमा नरहेको उल्लेख गर्दै शान्तिपूर्ण रुपमा संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पाउनुपर्ने पक्षमा रहेको पनि प्रष्टिकरण दिएका छन् ।

महतले भिजिट भिसा प्रकरणको छानबिनको दायरामा गृहमन्त्री रमेश लेखक नरहेकाले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको धारणा राखेका छन् ।

एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतचबार उद्घाटन गर्दै सोमबार ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका थिए । अहिले भ्रष्टाचारी र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भनेका थिए ।

हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरेका थिए । राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले तर्क गरेका थिए ।

एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यही अनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिएका थिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए ।

‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशनपछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्नेबित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसरले थाम्छ ? कसले रोक्छ ? निर्देशनपछि आउँछ, तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्’, उनले भनेका थिए, ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलको कुरा हुँदैन, सबै एकै हो, हामी अगाडि बढौँ ।’

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ५७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त