मदन भण्डारी लोकमार्गका होटलमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन « Khabarhub

मदन भण्डारी लोकमार्गका होटलमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्गका लाइन होटलहरूमा अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वको अनुगमन टोलीले मदन भण्डारी लोकमार्गको बसाहा र बेल्टार खण्डका होटलहरूमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित हलेसी लाइन होटल एण्ड पेडा भण्डारलाई ७ हजार जरिवाना समेत गरेको छ । अनुगमनका क्रममा अखाद्य बस्तु मिसिएको दही, अन्तःशुल्क दर्ता विना बेचबिखन गर्दै गरेका बियर, चुरोट, गुट्खा लगायतका सामाग्री बरामद गरिएको थियो ।

लाइन होटलमा सरसफाइ नहुने, महँगो मूल्य लिने गरेको भन्दै यात्रुहरूको गुनासो आउने गरेपछि प्रशासनले आफ्नो अनुगमनलाई तीव्र पारेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

अनुगमन टोलीले स्थानीय अधिकारी होटल एण्ड लाज, बबिता खाजा घर, रोडसाइड फाष्टफुड, हलेसी लाइन होटल, काठे घर, बैजनाथ बाबा पेडा भण्डार एण्ड खाजा घर, होटल रोयल एण्ड लाज, पोखरेल होटल लगायतका दश वटा होटलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीको समेत सहभागिता थियो ।

अनुगमन टोलीले धेरै होटलहरुलाई सरसफाइ र गुणस्तरमा ध्यान पुर्‍याउन निर्देशन समेत दिएको थियो । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ०५ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र