इमेज सहकारी ठगी : मुख्य आरोपी ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश « Khabarhub

इमेज सहकारी ठगी : मुख्य आरोपी ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फेरि कारागार चलान भएका छन्।

पोखरास्थित इमेज सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यसअघि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो ।

बयान सकिएसँगै सोमबार बेलबासेको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसहित १४ जनाको उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा चलाएको थियो । उक्त मुद्दामा नेपालीसहित १५ जनालाई विपक्षी बनाइएको थियो । नेपाली हाल बागलुङ जिल्ला कारागारमा छन्।

नेपालीले बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा रहेको इमेज सहकारीमा जम्मा गरिएको दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप लागेको छ।

नेपाली २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट ढोरपाटनको मेयर पदमा विजयी भएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : ४७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर