झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा « Khabarhub

झापामा करिब नौ हजार घर बाढीको उच्च जोखिममा


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

झापा – यस वर्षको मनसुन र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित विपद्बाट यहाँका करिब नौ हजार घर बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

सम्भावित विपद् पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा आज भएको सर्वपक्षीय बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो जोड दिएका हुन् ।

बैठकमा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर झण्डै २० लाख नागरिक प्रभावित हुन सक्ने चेतावनी दिएपछि यहाँ पनि सोहीअनुसार तयारी गर्नुपर्ने सरोकार भएकाहरूको जोड छ ।

झापाका अधिकांश स्थानीय तहले मनसुन पूर्वको तयारीमा खासै चासो नदेखाएको भन्दै नेपाल रेडक्रस सोसाइटी झापाले बैठकमा सबैको ध्यानाकर्षण गराएको सभापति लोकराज ढकालले बताए । जिल्लाका आठ हजार नौ सय १९ घर बाढीको अति उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावले जनधनको ठूलो क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने आफ्नो भनाइरहेको बताए ।

उनका अनुसार गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको तथा कनकाइ, बिरिङ, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमल जस्ता नदीहरूबाट डुबानको खतरा रहेको छ ।

रेडक्रसका अनुसार जिल्लामा कनकाई, बिरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू तथा नौ स्थानमा वर्षा मापन केन्द्रहरू रहेका छन् । यहाँ रेडक्रसका १२५ जना तालिमप्राप्त स्वंयसेवक तयारी अवस्थामा रहेको छन् । कनकाई नदीको वारिपारि दुई स्थानमा राहत सामग्री भण्डारणका लागि कन्टेनर राखिएको र ती कन्टेनरमा आवश्यक सामग्री थप्न स्थानीय तहलाई आग्रह गरिएको सभापति ढकालले बताए।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस वर्षको मनसुन र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् व्यवस्थापनमा सक्रिय बन्न सरोकार भइका सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ९ : २७ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ