लागुऔषध खैरो हेरोइनसहित चार पक्राउ « Khabarhub

लागुऔषध खैरो हेरोइनसहित चार पक्राउ


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

झापा – प्रहरीले यहाँको दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुुसार पक्राउ पर्नेमा दमक–९ अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन ।

भगवान किन्डो उरावको घरमा मानिसहरु भेला भई लागु औषध खरिद बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले अजय राईको साथबाट ४.८८ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको प्रनाउ खड्काले बताए ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ९ : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ