विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस् | Khabarhub Khabarhub

विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस्


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालका कम्युनिस्ट पार्टीहरू मिल्नुपर्ने सन्देश दिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भेटका क्रममा चिनियाँ नेताहरूले कम्युनिस्ट एकताको सन्देश दिएका हुन् ।

चिनियाँ नेताहरूले भण्डारीसँग सोमबार भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओसहितले यस्तो सन्देश दिएका हुन् । चिनियाँ नेताहरुले पूर्व राष्ट्रपति भण्डारीलाई वाम एकताको नेतृत्व गर्न पनि सुझाएको भ्रमण दलका सदस्य एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले खबरहबलाई बताए ।

‘चिनियाँ नेताहरूले नेपालका कम्युनिस्टहरूबीच एकताको सन्देश दिएका छन्’, थापाले भने, ‘त्यो वाम एकताको नेतृत्व विद्यादेवी भण्डारीले लिनु पर्छ भन्ने सन्देश पनि उहाँहरूले दिनुभएको छ ।’

भण्डारीले सोमबार चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी छन् । उनी आइतबार बैंक्वेट डिनरमा सहभागी हुँदा चिनियाँ नेताहरू पनि थिए । भण्डारीले आफू सामान्य नेपाली नागरिक भएको बताउँदा चिनियाँ नेताहरुले नेपालको विशिष्ट नेताका रूपमा सम्मान प्रकट गरेका थिए ।

सोमबार नै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित
छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनुलाई सम्बोधनका क्रममा भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादबारेमा व्याख्या गरिन् । उनले व्याख्या गरेको त्यही सिद्धान्तका आधारमा नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व विद्या भण्डारीले गर्नसक्ने आशा चिनियाँ नेताहरूले राखेका हुन् ।

भण्डारी चीनको १० दिने भ्रमणका लागि आइतबार राजधानी बेइजिङ पुगेकी छन् । भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई सोमबार सम्बोधन गरिन् ।

भण्डारीले नेकपा एमाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तमा अघि बढेको जानकारी विश्व समुदायलाई गराइन् । भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा नेपाल अघि बढेकोसमेत बताइन् ।

नेपाल सरकार र नेकपा एमालेको नेतृत्व गरेर भण्डारी गएकी हुन्। उनलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको बताइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : ३९ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित