कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक « Khabarhub

कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हाँस्य कलाकार कपिल शर्मा टेलिभिजनबाट विश्राम लिइ ओटीटीमा कार्यक्रम चलाएर चर्चा बटुलिरहेका छन् ।

ओटीटीमा उनको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन जारी छ । यस सिजनको पहिलो एपिसोडमा अतिथि सलमान खान आएका छन् ।

गत शनिबार पहिलो एपिसोड ओटीटीमा प्रिमियर भएको थियो ।

अहिले शोसँगै कपिलको पारिश्रमिकको पनि चर्चा हुन थालेको छ । उनले एक एपिसोडबाट पाँच करोड भारु पारिश्रमिक बुझ्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बलिउड लाइफका अनुसार उनले पहिलो सिजनदेखि नै कपिलले प्रत्येक एपिसोडको पाँच करोड पारिश्रमिक बुझ्ने गरेका छन् ।

यो सिजन १३ एपिसोडको हुने बताइएको छ । यो अवस्थामा कपिलले एकै सिजनबाट ६५ करोड भारु पारिश्रमिक बुझ्ने छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ४७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा