सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ « Khabarhub

सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या गरेका छन्।

ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटोका नेता सन् २०४६ देखि लागु हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन्।

हेगमा जारी सम्मेलनमा भएको निर्णयलाई राष्ट्रपति ट्रम्पले अमेरिका र पश्चिमी सभ्यताकै लागि ठुलो जितको रूपमा व्याख्या गरेका हुन्।

सदस्य राष्ट्रले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा रुस र आतङ्ककारीबाट बढ्दो चुनौतीका बीचमा गहिरो सुरक्षा संयन्त्रका लागि खर्च बढाउनु आवश्यक रहेको बताइएको छ।

नाटोका एक सदस्य राष्ट्रलाई कसैले आक्रमण गरे संयुक्त प्रतिकार गर्ने विषयलाई निरन्तरता दिइने भएको छ। ‘हाम्रो सुरक्षामा चुनौती आएमा हाम्रो प्रतिबद्धता र समर्पणमा कसैले पनि शङ्का नगरे हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ५९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन