सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ « Khabarhub

सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या गरेका छन्।

ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटोका नेता सन् २०४६ देखि लागु हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन्।

हेगमा जारी सम्मेलनमा भएको निर्णयलाई राष्ट्रपति ट्रम्पले अमेरिका र पश्चिमी सभ्यताकै लागि ठुलो जितको रूपमा व्याख्या गरेका हुन्।

सदस्य राष्ट्रले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा रुस र आतङ्ककारीबाट बढ्दो चुनौतीका बीचमा गहिरो सुरक्षा संयन्त्रका लागि खर्च बढाउनु आवश्यक रहेको बताइएको छ।

नाटोका एक सदस्य राष्ट्रलाई कसैले आक्रमण गरे संयुक्त प्रतिकार गर्ने विषयलाई निरन्तरता दिइने भएको छ। ‘हाम्रो सुरक्षामा चुनौती आएमा हाम्रो प्रतिबद्धता र समर्पणमा कसैले पनि शङ्का नगरे हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ५ : ५९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६