इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए « Khabarhub

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा गाजामा इजरायली आक्रमणमा ७८ जना मारिएका छन्।

त्यहाँको स्वास्थ्य श्रोतले जनाए अनुसार मारिनेमा राहत लिनका लागि पालो कुरेर बसेका १४ जना समेत परेका छन्।

गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण गर्न सुरु गरेयता भएको यो पछिल्लो आक्रमण हो।

समाचारका अनुसार गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र एकदमै नजिक छ। त्यहाँ ठुलो भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा बढ्ने गरेको छ। राहतका लागि एक व्यक्तिलाई २० मिनेटको समय दिइन्छ। त्यस २० मिनेटको समय भन्दा बढी समय लगाएमा बन्दुक पड्काउन सुरु गरिन्छ। यसै कारण धेरैको ज्यान जाने गरेको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ४० बजे

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ

राजेन्द्र लिङ्देनले भने- राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित