सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी ! | Khabarhub Khabarhub

सन्दर्भ : अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी !

‘पुरानो कानुन र पूर्वाधारले प्रहरीलाई अप्ठेरो’


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस, ‘ब्रेकिङ द चेनः प्रिभेन्सन, ट्रिटमेण्ट एण्ड रिकभरी’ (जञ्जीर तोडौँ : रोकथाम, उपचार र पुनःस्थापना) नारामा विश्वभर मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाइन्छ । विश्व समुदायलाई लागुऔषधिको असर र कारोबारबाट मुक्त गराउनु दिवसको मुख्य उद्देश्य हो ।

दिवस अवसरमा विशेषगरी युवाहरूलाई लागुऔषधबाट टाढै राख्न विभिन्न सचेतनामूलक कार्यक्रम र विमर्श हुने गर्छ । विश्वमा अधिकांश लागुऔषध प्रयोगकर्ता र कारोबारीहरू युवा नै हुने गरेका छन् । थोरै समयमा धेरै रकम कमाउने लोभ, जिज्ञासा, सङ्गतको असर लगायत कारणले युवा पुस्ता लागुऔषधको भासमा फस्ने गरेका छन् ।

लागुऔषधको असन्तुलित प्रयोगका कारण विश्वमा हरेक वर्ष एक लाख ९० हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । लागुऔषधबाट मानवीय क्षति बर्सेनी बढ्दो छ ।

लागुऔषध कारोबारले अपराध र अराजकता त निम्त्याउँछ नै, एचआइभी र हेपाटाइटिस लगायत विभिन्न सङ्क्रामक रोगको जोखिम पनि बढाउँछ ।

सन् २००१ मा भारत सरकार र अल इण्डिया मेडिकल स्कूलको संयुक्त सर्वेक्षणअनुसार करिब सात करोड २५ लाख मानिसहरू लागुऔषध प्रयोगकर्ता रहेको अनुमान थियो । २४ वर्षपछि यो सङ्ख्या गुणात्मक बढेको आकलन छ ।

खुला सीमा तथा प्रत्यक्ष प्रभावका कारण नेपालमा पनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएका जानकारहरू बताउँछन् । रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयाँल भन्छन्, ‘नेपालमा लागुऔषध प्रयोगकर्ताहरू दिनानुदिन बढिरहेका छन् । देशभर हाम्रो रेकर्डमा भएका पुनःस्थापना केन्द्रको सङख्या ३०० हाराहारीमा छ । यी पुनःस्थापना केन्द्रले वर्षमा करिब ८/९ हजार प्रयोगकर्ताहरूलाई उपचार र परामर्श दिन सक्छन् ।’

तर, सरकारी तथ्याङ्कमै देशभर एक लाख २० हजारभन्दा बढी व्यक्ति कडा खालको लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख भएकाले स्थिति चिन्ताजनक रहेको उनले बताए ।

‘पुनःस्थापनाबाटै सबै समस्या समाधान हुने होइन । विभिन्न परामर्शका कार्यक्रम, सचेतना तथा विद्यालयस्तरीय कार्यक्रमहरू गर्न आवश्यक छ’, फुयाँलले भने ।

लागुऔषध नियन्त्रण कार्यक्रम गृह मन्त्रालयको पहिलो प्राथमिकतामा पर्नुपर्ने, तर यस्तो नभएको फुयाँलले गुनासो गरे ।

‘लागुपदार्थ नियन्त्रण निम्ति नेपाल सरकारले अहिले पनि पुराना नीतिनियम र कानुनलाई नै आधार बनाएको छ, कानुनी व्यवस्था समयसापेक्ष बनाइएको छैन’, फुयाँलले थपे, ‘देशले चारवटा संविधान फेरीसक्यो, लागुऔषध नियन्त्रण ऐन, २०३३ जस्ताको त्यस्तै छ ।’

दुव्र्यसनमा परेकालाई उपचारमा ल्याउने, त्यसतर्फ नलाग्न युवाहरूलाई समयमै रोक्ने र लागुऔषधबाट हुने क्षति एचआइभी र हेपाटाइटिस जस्ता सङ्क्रामक रोगहरूलाई रोक्न स्वास्थ्य मन्त्रालयले काम गर्नुपर्ने फुयाँलले उल्लेख गरे ।

प्रहरीको भूमिका प्रभावकारी

लागुऔषध ओसारपसार नियन्त्रणमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दक्षिण एसियामै उल्लेख्य काम गरिरहेको छ ।

विश्वमा यस्तो कार्य नियन्त्रण गर्न विभिन्न प्रकारका सूचना–प्रविधि विकास भए पनि नेपालको प्रहरी प्रशासन भने पुरानै पूर्वाधारमा काम गर्न बाध्य रहेको फुयाँल बताउँछन् ।

‘हाम्रो प्रहरी प्रशासनले पुरानै पूर्वाधारबाट पनि राम्रो काम गरिरहेको छ । तर, सधैँ यसरी चल्दैन’, फुयाँलले थपे, ‘लागुऔषध नियन्त्रण ब्यूरो पनि पहिले डिआइजीको नेतृत्वमा थियो अहिले त्यसलाई खुम्च्याएर एसपीको नेतृत्वमा सञ्चालन गरिएको छ । यसको क्षमता बढाएर लागुऔषध नियन्त्रणमा अझै कडाइ गरिनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमामा विशेष कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ ।’

काठमाडौँमा लागुऔषध प्रयोग बढ्दो

प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेकोले उपत्यका प्रहरी कार्यालयले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न सफल हुने बताएका हुन् । लागुऔषधको माग र आपूर्ति नियन्त्रण गर्ने योजना बनाइ अघि बढ्न जरुरी रहेको थापाको भनाइ छ ।

नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आर्थिक वर्षमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशत बढी बरामद गरेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : २६ बजे

राप्रपा युवा संगठनको अधिवेशन स्थगित

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

पर्सा– पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएको

करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको

राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप

ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई

काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ