इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ | Khabarhub Khabarhub

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन सम्बोधन गरेका छन् ।

उनले सम्बोधनमार्फत् स्पष्टसँग इरानले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताएका छन् । ‘ट्रम्पले आफ्ना भाषणमध्ये एकमा इरानले समर्पण गर्नुपर्छ भने । तर म यो स्पष्ट भन्न चाहन्छु – आत्मसमर्पण कहिल्यै हुँदैन। हाम्रो राष्ट्र शक्तिशाली छ’, उनले भने, ‘अमेरिकी सैन्य बेसमा हमला गर्वको विषय हो, फेरि पनि दोहोरिन सक्छ ।’

खामेनेईले इरानमाथि भविष्यमा हुने कुनै पनि आक्रमण निकै महँगो पर्ने चेतावनी पनि दिएका छन् ।

इरानका लागि प्रमुख अमेरिकी बेसहरूमा पहुँच हुनु गौरवको कुरा रहेको उनले बताए । ‘यदि फेरि आक्रमण भयो भने यस्तो कारबाही दोहोरिन सक्छ’, उनले भने, ‘इरानका शत्रुहरूले मिसाइल वा आणविक कार्यक्रमजस्ता बहाना देखाउँछन्, तर वास्तविक लक्ष्य भने इरानको आत्मसमर्पण हो ।’

उनले इरानमाथि अमेरिकाको हमलालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘नाटक’को संज्ञा दिएका छन् । खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमाथि गरिएको हवाई आक्रमणबारे टिप्पणी गर्दै भने, ‘अमेरिकाले इरानका केही आणविक स्थलहरूलाई लक्षित गर्‍यो, तर त्यसबाट खासै उपलब्धि हासिल गर्न सकेन।’

ट्रम्पलाई विश्वमञ्चमा केबल एउटा ‘शक्ति प्रदर्शन’ चाहिएको उनले बताए । ‘ट्रम्पलाई केवल प्रदर्शन चाहिएको थियो । यो वास्तविक सैन्य सफलता होइन, केवल ‘शोम्यानसिप’ हो’, उनले भने, ‘हाम्रा सशस्त्र फौजले इजरायलको बहुपरत सुरक्षा प्रणालीलाई भेदन गरेर सैन्य र शहरी क्षेत्रहरूमा आक्रमण गर्न सके, यो ठूलो उपलब्धि हो ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ४९ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा