शंकर पोखरेलको निष्कर्ष : बालेन र राजावादी, रास्वपा र माओवादी मिलेर एमाले कमजोर बनाउन लागे « Khabarhub

शंकर पोखरेलको निष्कर्ष : बालेन र राजावादी, रास्वपा र माओवादी मिलेर एमाले कमजोर बनाउन लागे


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्।

एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनले बताए ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई बिहीबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले एमालेलाई राजावादी,कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिले हमला गरिरहेको बताए ।

‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’, पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन् ।’

एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरुद्ध खनिएको उनले बताए ।

‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमालेविरुद्ध खनिएका छन् । राजावादीको गालीबाट हामी बिचलित हुनु हुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौँ ।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलले बताए ।

नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्यूनिष्ट पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको उनले बताए

‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्यूनिष्टधारीहरू साइबर हमला गर्न आएका छन्’ पोखरेलले भने ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घटेकाले तिनीहरू एमालेविरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ । ’

महासचिव पोखरेलले एमालेमाथि हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साहहरू भएको बताए । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्’ पोखरेलले भने, ‘किनभन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’

अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनले बताए । नेपाली संस्कृति, सामाजिकता,सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उनले स्पष्ट पारे।

एमालेको खोइरो खन्ने बाह्य शक्ति भएको उनको भनाइ छ । एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा रहेकोले त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उनले बताए ।

‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले गर्यो । मुलुकमा स्थायित्वको खोजी गर्यो ’ पोखरेलले भने ‘ एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउँथे । त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ४३ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक