उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी « Khabarhub

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।

मोर्चाको बिहीबार लाजिम्पाटमा बसेको बैठकमा रुपन्देही ३ र मनाङ प्रदेश सभा (२) मा हुने उपनिर्वाचनबारे छलफल भएको थियो ।

उक्त छलफलमा यी दुई ठाउँमध्ये रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नाउपाका संरक्षक रेशमलाल चौधरीले आफूहरूको दाबी हुने बताएका हुन ।

उपनिर्वाचनमा सहकार्यबारे छलफल गर्न लाजिम्पाटमा बसेको बैठकमा रेशमको यो दाबी आएको हो । निर्वाचन आयोगले आगामी कात्तिकमा ती दुईसहित स्थानीय तहमासमेत उपनिर्वाचन गराउने तयारी गरेको छ ।

२०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर बोहोराको निधन भएपछि खाली छ ।

यहाँ नेकपा एमालेले खिमलाल भट्टराईलाई अघि सार्ने तयारी गरेको छ । उनी राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् । नेपाली कांग्रेससले भने अहिलेसम्म टुंगो गरेको छैन।

उता गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) फौजदारी मुद्दामा दोषी ठहर भएर जेल गएका छन् । उनको सांसद पद पनि सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

यो बैठक नाउपाका संरक्षक रेशमकै अध्यक्षतामा बसेको हो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्ययोजना लगायतमा छलफल भएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : २२ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक