उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी « Khabarhub

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।

मोर्चाको बिहीबार लाजिम्पाटमा बसेको बैठकमा रुपन्देही ३ र मनाङ प्रदेश सभा (२) मा हुने उपनिर्वाचनबारे छलफल भएको थियो ।

उक्त छलफलमा यी दुई ठाउँमध्ये रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नाउपाका संरक्षक रेशमलाल चौधरीले आफूहरूको दाबी हुने बताएका हुन ।

उपनिर्वाचनमा सहकार्यबारे छलफल गर्न लाजिम्पाटमा बसेको बैठकमा रेशमको यो दाबी आएको हो । निर्वाचन आयोगले आगामी कात्तिकमा ती दुईसहित स्थानीय तहमासमेत उपनिर्वाचन गराउने तयारी गरेको छ ।

२०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर बोहोराको निधन भएपछि खाली छ ।

यहाँ नेकपा एमालेले खिमलाल भट्टराईलाई अघि सार्ने तयारी गरेको छ । उनी राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् । नेपाली कांग्रेससले भने अहिलेसम्म टुंगो गरेको छैन।

उता गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) फौजदारी मुद्दामा दोषी ठहर भएर जेल गएका छन् । उनको सांसद पद पनि सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

यो बैठक नाउपाका संरक्षक रेशमकै अध्यक्षतामा बसेको हो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्ययोजना लगायतमा छलफल भएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : २२ बजे

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार