भोजपुर–लेगुवा  सडकमा कालोपत्र नै उप्किएपछि… | Khabarhub Khabarhub

भोजपुर–लेगुवा  सडकमा कालोपत्र नै उप्किएपछि…


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै उप्किएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन रहेको स्थानीयवासीको आरोप छ ।

टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताए । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।

‘सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ’, उनले भने, ‘खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन । पुरिएका खाल्डा एकदुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनुपर्‍यो ।’

यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो ।

टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् ।

सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ ।

सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् ।  

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : १३ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका