सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक–४ चियाबगानमा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शनिबार बिहान उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : २६ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका