स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते | Khabarhub Khabarhub

स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नमोबुद्ध/बीपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

नमोबुद्ध नगरपालिका बिस किलो (भकुण्डे)मा नार्केबाट काठमाडौं तर्फ जाँदै गरेको बा ६२ प ३५७८  नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुरटलाई ठक्कर दिई सवारी दुर्घटना हुँदा स्कुरट चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते, स्कुटरमा पछाडि सवार नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टंक प्रसाद शर्मा गम्भीर घाइते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाकारी दिएको छ । 

अर्का स्कुटर चालक जिल्ला दोलखा मेलुङ घर भई हाल जिल्ला काभ्रे रोशी गा.पा.०८ बस्ने  निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाइएको भने ठक्कर दिने चालक र स्कुटर निमन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : ५५ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्