सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

उनले कांग्रेस चितवनका पूर्व सभापतिसमेत रहेका गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको उल्लेख गरेका छन् । 

स्वर्गीय गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने देउवाको भनाइ छ । 

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाको शोक वक्तव्यमा भनिएको छ । 

गुरुङको शनिबार बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । उनी भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरमा बसोबास गर्दै आएका थिए । गुरुङको आइतबार सवा ११ पवित्र तीर्थस्थल देवघाटधाममा लगी अन्त्यष्टी गरिने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : २८ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्