विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित | Khabarhub Khabarhub

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादीमा समाहित


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुल्मी–काठमाडौं सम्पर्क मञ्च नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
 
विप्लवनिकट नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च आफ्नो पाँचौँ अधिवेशनको अवसरमा शनिबार माओवादी केन्द्रमा समाहित भएको हो ।

मञ्चमा रहेका नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्पर्क मञ्चसँगै अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश भएका प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार माओवादी केन्द्रमा समाहित हुने नेता–कार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटालगायत रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्