काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहान १०:१० बजेतिर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पनौती न.पा.-५ बस्ने विजय थापाकी श्रीमती वर्ष ३२ की सुजना खत्रीको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान १०:४० बजे निधन भएको अस्पतालले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक विजय थापा (वर्ष ३२) को देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने उनका ५ वर्षीय छोरा बिएन्स थापाको निधारमाथि टाउकोमा चोट लागेको छ । दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ४५ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्