कपिलवस्तु र मोरङमा आगलागी « Khabarhub

कपिलवस्तु र मोरङमा आगलागी


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुस्थित शिवराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित भवनको पहिलो तलामा सञ्चालित लुम्बिनी विकास बैंक र दोस्रो तलामा रहेको स्काई फेसन गार्मेन्टमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका-२ देवीगंजस्थित तुलसीराम तिमल्सिनाको गोठ र नजिकै रहेको भान्साघरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : २० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र